अन्तर्राष्ट्रिय

इजरायली प्रधानमन्त्री नेतान्यालाई लाग्यो भ्रष्टाचारको आरोप

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूमाथि भ्रष्टाचारको आरोप लागेको छ । प्रधानमन्त्री नेतान्याहूले व्यापारीहरुसँग महंगा उपहार लिनुका साथै आफ्नो पक्षमा समर्थन जुटाउन सञ्चामाध्यमहरुमा बढी प्रचारबाजी गरेको आरोप लगाइएको हो ।

महान्यायाधिवक्ता अवीचै मन्डेपब्लिटले तीन छुट्टाछुट्टै विषयमा प्रधानमन्त्री नेतान्याहूले चरम भ्रष्टाचार गरेको आरोप लगाएका हुन् । आरोपको खण्डन गर्दै प्रधानमन्त्री नेतान्याहूले आफूमाथि कलंकित आरोप लगाउने प्रयास भएको बताए ।

उनले बामपन्थी विरोधीहरुले आधारहीन आरोप लगाएको दावीसमेत गरेको बीबीसीले जनाएको छ ।प्रधानमन्त्री नेतान्याहूले आफूमाथि लगाइएको आरोप राजनीतिक प्रतिशोधका लागि भएकाले छानविन गरेर पुष्टि गर्न चुनौतीसमेत दिएका छन् ।

महान्यायाधीवक्ता मन्डेलब्लिटले इजरायलमा कानुनमाथि कोही नरहेकाले उक्त घटनाको पनि छानविन हुने बताए । उनले नेतान्याहूमाथिको आरोप प्रतिशोधका लागि नभएकोसमेत दावी गरे ।

गत अप्रिल र सेप्टेम्बरमा भएका निर्वाचनमा कुनै दलले स्पष्ट बुहमत ल्याउन नसकेपछि नयाँ सरकार गठन हुन सकेको छैन । एजेन्सी ।