आर्थिक

नेता महत भन्छन्ः मुद्दा चलेकालाई मन्त्री र काम गर्ने व्यक्तिलाई घोक्रेठ्याक लगाउने ओली सरकार हुतिहार

काठमाडौं । नेपाली कांग्रेसका नेता डा रामशरण महतले वर्तमान ओली सरकारलाई हुतिहारको संज्ञा दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता महतले प्रतिपक्षले साथ र साहस दिँदा पनि नेपाली भुमि कालापानी बारे ओली सरकारले केहि गर्न नसकेको भन्दै हुतिहारको संज्ञा दिएका हुन् ।

साथै उनले मन्त्री हेरफेरमा पनि आफ्नो हुति नपुरगेर राष्ट्रपतीलाई गुहारेको बताएका छन् । यस्तै ऐनसेल प्रकरणमा सरकारलाई चुना लगाएको र वाईडवडी सेलाएर गएको उनको ट्वीटमा उल्लेख छ ।

उनले मुद्द्दा चलेको पार्वतलाई मन्त्री बनाएको सरकारले काम गरेको गोकर्णलाई घोक्रेठ्याक लगाएको प्रति टिप्पणी गरेका छन् ।

उनको ट्वीटरः देउवाले तेत्रो साहास दिंदा पनि ओली कालापानी बारे केही गर्न सकेनन । मन्त्री हेरफेर गर्न आफ्नो हुती नपुगेर राष्ट्रपतीलाई गुहारे । NCELL ले फर्काएर देखाइदियो वाइड बडी र सुनकान्ड सेलाएर गयो । मुद्द्दा चलेको पार्वतलाई मन्त्री , काम गरेको गोकर्णलाई घोक्रेठ्याक । हुतिहारासरकार ? जने