राजनीति

भण्डारी फायरः मुलुकको अस्मिता लुटिदा चुँ नबोल्ने जिउँदा लासलाई सरकारले किन जिम्मेवारी दियो ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले पारिवारीक स्वार्थ भन्दा वाहिर निस्कन नसक्ने व्यक्तिलाई सरकारले जिम्मेवारी दिएको भन्दै आपक्ति जनाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले जोसँग राम्रो नराम्रो छुट्याउने खुबी छैन उसलाई देश चलाउने भारी किन भन्दै प्रश्न गरेका छन् ।

देश बलात्कृत भएर सिकिस्त हुँदा सम्म पनि चुइँक्क नबोल्ने व्यक्तिलाई सरकारले जिम्मेवारी दिएको भन्दै दुःख व्यक्त गरेका छन । साथै उनले यहाँ सास फेरिरहेका झैं लाग्ने लास मात्र भेटिन्छन, किन भन्दै प्रश्न गरेका छन् ।

उनको ट्वीटरः जोसँग राम्रो नराम्रो छुट्याउने खुबी छैन उसलाई देश चलाउने भारी किन ? जुन वैयक्तिक र पारिवारिक स्वार्थ भन्दा बाहिर निस्कन सक्तैन थप जिम्मेवारी किन ? देश बलात्कृत भएर सिकिस्त हुँदा सम्म चुइँक्क नबोल्ने १ मरिसकेछन कि के हो ? यहाँ सास फेरिरहेका झैं लाग्ने लास मात्र भेटिन्छन, किन र ?