राजनीति

सयौं नेकपा कार्यकर्ता काँग्रेस प्रवेश गराउँदै पौडेल भन्छन्ः काँग्रेसले जनताको मायालाई घात गर्नेछैन

धरान । नेपाली काँग्रेसका बरिष्ठ बरिष्ठ नेता रामचन्द्र पौडेलले सुनसरीको धरान उपमहानगरपालीकामा सयौंको संख्यामा अन्य पार्टीका नेता कार्यकर्ता काँग्रेस प्रवेश गराएका छन् । आगामी १४ गते सम्पन्न हुन गईरहेको उपमहानगरपालीकाको निर्बाचनमा मेयर तिलक राईलाई विजय गराउने अभियानअन्तर्गत नेपाली काँग्रेसका महामन्त्री तथा प्रभावशाली केन्द्रीय सदस्य डा शेखर कोईरालासँग धरान पुगेका बरिष्ठ नेता पौडेलले पार्टी प्रवेश गराएका हुन् ।

उनले पार्टी प्रवेश गराउँदै आफूहरु जनताको काँग्रेसप्रतिको भरोसालाई उच्च सम्मान गर्दै नेपालको विकास र समृद्धिमा प्रतिबद्ध भएको बताएका थिए । नेकपा, संघीय समाजबादी लगायतका नेता कार्यकर्तालाई अभीर लगाउँदै पार्टी प्रवेश गगराएका बरिष्ठ नेता पौडेलले भाबुक हुँदै नेपाली काँग्रेसलाई विश्वास गरी प्रबेश गरेकोमा सबैलाई धन्यवाद दिएका थिए । उनले नव प्रवेशीहरुलाई काँग्रेसप्रतिको आस्था र भरोसालाई जिवित राख्ने प्रण गरेका थिए । उनले काँग्रेस देश र लोकतन्त्रको केन्द्रबिन्दु भएको जिकिर गरेका थिए ।

नवप्रवेशीहरुले नेकपा सरकारमा भ्रष्टाचार बढेको, के के न गर्छ भन्ने सोचेर बिगतमा भोट दिएपनि अब काँग्रेसबाहेक कतैपनि सोच्न नसकिने निर्णयमा पुगेको बताएका थिए । उनीहरुले कम्युनिष्टले काम केहीपनि नगर्ने बरु ठूला गफ गरेर जनतालाई झुक्याउने पार्टीको रुपमा नेकपा देखिएको आरोप लगाएका थिए ।