प्रदेश 1

चतराधामको महाकुम्भ मेला विश्वमै स्थापित भईसकयोः बालसन्त देवाचार्य

बिराटनगर । नेपालका प्रथम जगद्गुरु बालसन्त मोहन शरण देवाचार्य महाराजले चतराधाममा लाग्ने महाकुम्भ मेला विश्वमै स्थापित भएको बताएका छन् ।

प्राचीन हरिद्वार चतरा सुनसरीले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चतराधाममा लाग्ने महाकुम्भमा नेपाल सरकार तथा भारतका एक दर्जन धार्मिक सङ्घसंस्थाहरुले समर्थन र सहयोग गरेकाले पनि नेपालको महाकुम्भ विश्वमै स्थापित भएको बताए ।

उनले नेपाल राष्ट्र र नेपाली जनताको गौरवको रूपमा रहको महाकुम्भलाई असफल बनाउने चौतर्फी प्रयास भए पनि सफल हुन नसकेको बताए । नेपालको महाकुम्भले पनि भारतमा लाग्ने नासिक, उज्जैन, प्रयाग तथा हरिद्वारको कुम्भमेला जस्तै सम्मान र गरिमा प्राप्त गरी सकेकाले नेपालीको यो आस्था र विश्वासलाई कसैले पनि असफल बनाउन नसक्ने बालसन्त देवाचार्यले जिकिर गरे ।

विगत वर्षहरुमा चतराधाममा आयोजना भएको महाकुम्भ मेला सफल भएको खुसियालीमा भारतको वृन्दावनमा आफूलाई भव्य स्वागत र अभिनन्दन गरेकोस्मरण गर्दै उनले भारतका विभिन्न नौ वटा अखडा तथा सन्त समाजले गरेको अभिनन्दनले पनि नेपालमा कुम्भ मेला स्थापित भइसकेको प्रष्ट पारे । सुनसरीको चतराधाममा विसं २०५९ बाट कुम्भ मेला प्रारम्भ भएको हो ।