राजनीति

डा खड्काको टिप्पणीः ट्याक्सी चढेर नि.मन्त्री बिष्ट घर जानु अति सस्तो लोकप्रीयता कमाउने उद्येश्यमात्र

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् पुर्व शहरी विकास मन्त्री डा नारायण खडेकाले मन्त्री पद खुस्किएपछि ट्याक्सी चढेर घर पर्कने श्रममन्त्री गोकर्ण विष्टको नियत गलत भएको बताएका छन् । आज मन्त्री बिष्ट सिंहदरबारबाट घर जाँदा ट्याक्सी चढेर गएकोतर्फ संकेत गर्दै गाडीमा फर्कन पाईने भएपनि ट्याक्सीमा फर्किनु सस्तो लोकप्रीयता कमाउने उपाय बाहेक केहीपनि नभएको दाबी गरेका छन् ।

नेता खड्काले लोकप्रीयता कमाउने नै भए अझै साईकल चढेर हिँड्न सुझाव दिँदै सस्तो लोकप्रीयताको लागि भन्दा यथार्थमा काम गर्न आग्रह गरेका हुन् । डा खड्काले सामाजीक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उक्त कुरा बताएका हुन् । उनले मन्त्रीहरुको यस्तो कृयाकलाप लोकप्रयमात्र नभएर अति सस्तो लोकप्रीयताको कृतिम कशीको संज्ञा दिएका हुन् ।

उनले भनेका छन्, ‘अती सस्तो प्रचारवाजी राजनीतिक लोकपृयताको कृत्रीम कशी वन्दै छ । के पदमुक्त भएको मंन्त्रीले सिहदरवारवाट घर जान गाडी नै पाउदैन ? साईकलमा फर्के झनै चर्चा कमाईन्छ !!’