आर्थिक

माछापुच्छ्रे बैंकले अष्ट्रेलियन डलर बिक्री

काठमाडौ । माछापुच्छ्रे बैंकले आफ्नो सेवालाई अझ सहज र विस्तार गर्दै अष्ट्रेलियन डलर नगद आयात गरी ग्राहकलाई बिक्रीशुरु गरेको छ । हाल बजारमा रहेको अष्ट्रेलियन डलरको अभावलाई परिपूर्ति गर्न माछापुच्छ्रे बैंकले विदेशबाट अष्ट्रेलियन डलर खरिद गरि ग्राहकहरुलाई सटही सुविधा प्रदान गर्न लागेको हो ।

विदेश जाने नेपालीहरुले विदेशको भिसा लागेपछि अधिकतम १,५०० अमेरिकी डलर बराबरको अष्ट्रेलियन डलर साट्न पाउने प्रावधान रहे पनि हाल नेपाली बजारमा देखिएको अष्ट्रेलियन डलरको अभावले अधिकांश नेपालीले सहज रुपमा अष्ट्रेलियन डलर प्राप्तगर्न सकिरहेका छैनन् । सोहि समस्यालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंकले तोके बमोजिम पार्सपोर्ट, भिसा रकन्र्फम एयर टिकट साथमालिएर आउने ग्राहकलाई काठमाण्डौँ उपत्यकाभित्र रहेकानिम्नशाखाहरु मार्फत अष्ट्रेलियन डलर ९ब्ग्म्०साट्न पाउने सुविधा ल्याएको हो ।