शिक्षा

विश्वभरका अंग्रेजी शिक्षकहरूको कुम्भ मेला नेपालमा

काठमाडौं, ५ मंसिर । ललितपुरको डीएभी स्कुलमा विश्वभरका अंग्रेजी शिक्षकहरूको कुम्भ मेला सुरु भएको छ । टिसोल–नेल्टा क्षेत्रीय सम्मेलनमा सहभागी हुन नेपाल लगायत २६ देशका १ हजार अंग्रेजी शिक्षकहरू भेला भएका छन् । सम्मेलनमा सहभागी विज्ञहरूले गुणस्तरीय अंग्रेजी शिक्षाको विकासका लागि कार्यपत्र प्रस्तुत गरेका छन् । सम्मेलनमा अंग्रेजी कसरी पढाउने, कस्तो अंग्रेजी शिक्षा आवश्यक छ । भाषाको माध्यमबाट देशको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा ज्ञान पाएको नेपाली शिक्षकहरूले बताएका छन् ।

विश्वभरबाट अंग्रेजी शिक्षकहरू आएको र एकअर्को देशमा अंग्रेजी कसरी पढाइन्छ र राम्रो शिक्षक बन्ने आइडिया सम्मेलनबाट थाहा पाएँ’ सम्मेलनमा काभ्रेबाट सभागिता जनाएकी कल्पना थापाले भनिन् । ‘विश्वमा अंग्रेजीको प्राक्टिक्स कस्तो भइरहेको छ र नेपालले अंग्रेजीमा सुधार गर्नुपर्ने विषयबारे सम्मेलनबाट सिक्न पाइयो’ अर्का सहभागी अग्नि ज्ञवालीले भने ।

‘टिसोल–नेल्टा सम्मेलन नेपालमा पहिलोपटक भएको हो,’ नेल्टाका उपाध्यक्ष जयराम खनालले भने, नेपालका लागि यो गौरवको विषयहो ।’उनकाअनुसार पहिलो दिनबुधबार नेल्टा सिम्पो जियम भएको छ । दोस्रो दिन बिहीबार सम्मेलनको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गरेका छन् । सम्मेलनमा शनिबारसम्म आठवटा की–नोट, १७ वटा प्लेनरी तथा २ सय भन्दा बढी कार्यपत्र प्रस्तुत गरिनेछ ।