राजनीति

मन्त्री हेरफेरबाटै सरकार असफल भएको सावित भयो : काँग्रेस प्रवक्ता शर्मा

धरान । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार असफल भएको पुष्टि भएको जिकिर गरेका छन् । प्रेस युनियन धरान कमिटिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री मण्डल पुर्नगठन गरेको विषयलाई लक्षित गर्दै भने, ‘‘हामीले भन्दै आएको कुरा आज पुष्टि भएको छ । असफल मन्त्री भन्दै प्रधानमन्त्रीले मन्त्री फेरेको विषयले यो सरकार असफल भएको पुष्टि नै भयो ।’

उनले सरकारले पुरा गर्न नसकेका कुरा जिम्मेवार प्रतिपक्षीको हिसाबले काँग्रेसले एकएक हिसाब गरेर बसेको बताए । ‘आजको जिम्मेवार प्रतिपक्ष भोलीको सत्तापक्ष हो, हामी चुपचाप यो करणले छैनौँ कि सडकमा कम्युनिष्ट साथिहरुको जस्तो ढुंगामुडा गरेर प्रतिपक्षीको व्यवहार प्रस्तुत गरेका छैनौँ ।’ उनले भने ।

प्रवक्ता शर्माले सरकारका कमजोरीलाई लिपिबद्ध गरेर भर्खरै सार्वजनिक गरेको भन्दै अहिले हुन गइरहेको उपनिर्वाचन सरकारले कामको मुल्याँकन गर्ने अवसर भएको बताए । ‘हामीले भन्नेपर्दैन सरकारप्रति जनताको स्पष्ट धारणा अब मतमा अभिव्यक्त हुन्छ ।’ उनले भने ‘हामीलाई विश्वास छ त्यो अभिव्यक्ति काँगेसलाई अब धेरै दिन प्रतिपक्षमा नबस् भन्ने नै हुन्छ ।’ धरानको उपनिर्वाचन लक्षित गर्दै केन्द्रिय स्तरका नेताहरु धरान आउने क्रम जारी छ ।