आर्थिक

चेम्बर अफकमर्स नवलपुरको प्रथम साधारण सम्पन्न

नवलपुर । नेपाल चेम्बर अफकमर्सका अध्यक्ष राजेश काजीश्रेष्ठको प्रमुख आतिथ्यमा चेम्बर अफकमर्स नवलपुरको प्रथम साधारण सभा तथा पदस्थापन समारोह सम्पन्न भएको छ । काजीश्रेष्ठले मुलुकको समग्र विकासमा नेपाल चेम्बरले विगत ७० वर्षदेखि खेल्दै आएको भूमिकाको चर्चासमेत गरे ।

उनले मुलुक अब संघीयतामा गए सँगै चेम्बरको सञ्जाल पनि उद्यम व्यवशायको विकास र नीतिगत वहश पैरवी , व्यापार प्रदर्शनीमा सहभागिता आदिमा संलग्न रहनु परेको भएकाले समेत जिल्ला र प्रदेश स्तरमा समेत जिल्ला चेम्बर अफकमर्सको विस्तार गरिएको बताए । यो व्यवस्थाले स्थानीय, जिल्ला र प्रदेश स्तरमा समेत निर्णय प्रकृया सरल, प्रभावकारी र व्यवहारीकहुने अध्यक्षश्रेष्ठले बताए ।

सो अवसरमा विशेष अतिथी संविधान सभा सदस्य कृष्ण पौंडेलले नवलपुर चेम्बरले यस क्षेत्रकाउद्यमी÷व्यवसायीको समस्या समाधानगर्ने संस्थाको रुपमाकार्य गर्नेमाआफू विश्वस्त रहेको बताए । चेम्बर प्रदेश अध्यक्ष यदुनाथ अधिकारीले जिल्ला चेम्बरहरुले समेत अन्तराष्ट्रिय मेलाप्रदर्शनीमा सहभागि हुनेअवसर प्राप्त भएमा स्थानीय वस्तुले बजार पाई व्यापार घाटा कमहुन मद्दत पुग्ने विचार व्यक्त गरे ।

सोहीअवसरमाचितवन चेम्बरका अध्यक्ष दीर्घमानश्रेष्ठले नवलपुर चेम्बरले खेलेको भूमिकाको सहहनागर्दै आगमीदिनमाचूनौतीलाई अवसरको रुपमालिइ अगाडी बढ्न चेम्बर सक्षमहुने अपेक्षा रहेको बताउनुभयो । नवलपुर चेम्बर अफकमर्सका अध्यक्षदीपक भण्डारीको अध्यक्षतामा सम्पन्न सो सभामासरकारी निकायकाप्रतिनिधीहरु, प्रदेश चेम्बरका पदाधिकारीहरु, उद्यमी ÷व्यवसायीहरुको, उपस्थिती रहेको थियो ।