आर्थिक

सर्वोच्च अदालतले दियो एनसेललाई १८ अर्ब कर छुट, २१ अर्ब तिरे पुग्ने

५ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले एनसेललाई करिब १८ अर्ब रूपैयाँ कर छुट दिने फैसला सुनाएको छ । सर्वोच्चस्थित वृहत्त इजलासले बिहीबार फैसला सुनाउँदै २१ अर्ब १० करोड ३९ लाख रुपैयाँ मात्रै सरकारलाई तिरे पुग्ने जनाएको हो । एनसेलले यसअघि २३ अर्ब ५७ करोड रूपैयाँ बुझाइसकेको छ । ३९ अर्ब ६ करोडमा जरिवाना मात्रै १७ अर्ब ९५ करोड देखिएको थियो ।