राजनीति

कम्युनिष्ट नेताहरुको कडा प्रतिकृयाः ओली र प्रचण्डले बनाएका नयाँ मन्त्रीहरु सबै अयोग्य हुन्

काठमाडौं । नेकपाका नेता प्रभु शाहले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्री मण्डल पुःगठन गुटगत राजनीति भएको बताएका छन् । पुर्ब मन्त्री समेत रहेका नेकपाका नेता एबम् साासद शाहले मन्त्री हटाउादा र राख्दा सामान्य कमयुनिष्ट मान्यतालाई पनि वास्ता नगरी पुनःगठन गरिएकोतर्फ आपत्ती जनाएका छन् । नेता शाहले नयाँ बनाईएका मन्त्रीहरु अयोग्य भएको र हटाईएका मन्त्रीहरु योग्य भएको टिप्पणी गरेका छन् ।
हिजोमात्र प्रधानमन्त्री ओलीले श्रममन्त्री गोकर्ण बिष्ट, सामान्य प्रशासन मन्त्री लालबाबू पण्डीत, महिला मन्त्री थममाया थापा, भौतिक मन्त्री रघुबीर महासेठ, वाणीज्य तथा आपूर्ति मन्त्री मात्रीका यादबलाईै हटाएर घनश्याम भुषाल, पार्वत गुरुगं, रामेश्वर यादब, हृदेश त्रिपाठी, बसन्त कुमार नेम्वागं, लेखराज भट्ट, रामबीर मानन्धर, मोती दुगढ, नवराज राउतलाई नयाँ मन्त्री बनाईएकोप्रति नेता शाहको आक्रोस छ ।
नेता शाहले आफूहरु उक्त कुराबाट लज्जित भएको बताएका छन् । नेकपाका कतिपय नेताहरुले पनि मन्त्रीमण्डल पुनगठन र जिम्मेवारी हेरफेरको भित्रभित्रै कडा बिरोध गरेका छन् । प्रमुख प्रतिपक्षी दल काँग्रेसले ओपचारिक रुपमा पत्रकार सम्मेलन गरेर आधिकारीक प्रतिकृया दिन प्रवक्ता विश्वप्रकाश शर्माले तयारी गरेका छन् ।

कार्यसम्पादनको आधारमा मन्त्रीमण्डल पुनगठन र हेरफेर गरेको भनिएपनि खानेपानी मन्त्री विना मगर बर्तमान मन्त्रीमण्डलमा सबैभन्दा बिबाद भएकी मन्त्री थिईन् उनलाई भने हटाइएन । मन्त्री गोकर्ण बिष्ट, मन्त्री लालबाबू पण्डीत राम्रा मन्त्री भनिएपनि उनीहरु हटाईए । त्यो कुरा सर्बसाधारणले पनि सामाजिक संजालबाट बिरोध गरिरहेका छन् । रघुवीर महासेठको बिरोध भईरहेको भएपनि साँसद पार्वत गुरुगं नयाँ मन्त्री बनेका छन् उनी विवादरहीत नेता होईनन् । केहीदिन अगाडीमात्र प्रहरीले प्रकाउ गरी उनी छाडिएका थिए ।

नेता शाहको फेसबुक स्टाटसः “कार्यसम्पादन को आधारमा मंत्रिपरिषद पुनर्गठन गर्ने भनिए पनि अन्तत गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो ।मन्त्री हटाउदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू भएको देखीएन । योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान कार्यले हामी फेरी एक चोटी लजित भएकाछौ “