राजनीति

पदभार ग्रहण गर्दै नवनियुक्त कृषिमन्त्री घनश्याम भुसालले भने, ‘म लोभ र डरमा काम गर्दिनँ’

काठमाडौँ । बिहीबार पद तथा गोपनियताको सपथ लिएका नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै आफूले लोभ र डरमा काम नगर्ने र इमान्दारिताका साथ कृषिमन्त्रीको रुपमा कार्यसम्पादन गर्ने बताएका छन् ।
मन्त्री भुसालले कृषि क्षेत्रमा आधुनिकीकरणको प्रयास गर्ने बताए । मन्त्री भुसाललाई बधाइ दिन निवर्तमान कृषिमन्त्री चक्रपाणि खनाल पनि पुगेका थिए । खनालले बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।