प्रदेश 1

नेपाल आईस मिस पुर्वाञ्चलको दसौ संस्करणको अडिसन सुरु

धरान । पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रुपमा स्थापीत नेपाल आईस ‘मिस पुर्वाञ्चल’को दसौ संस्करणको पहिलो अडिसन धरानस्थित फ्रेन्ड्स गार्डेनमा सम्पन्न भएको छ । धरानमा सम्पन्न अडिसनमा १९ जना सहभागि भएको आयोजक सिल्भर इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले जानकारी दिए ।

धरानको अडिसनमा धरान , धनकुटा , तरहरा , इटहरी , बिराटनगर , बेलबारी र पथरीबाट प्रतियोगीहरु सहभागी भएका थिए ।
अडिसनको निर्णयकमा सिजी ब्रुअरीका डेपुटी म्यानेजर खेम कुइकेल , मिस पुर्वान्चल २०१४ नेमिता आङ्गबुहाङ्ग लिम्बु, मिस पुर्वान्चल २०१६ फर्स्ट रनर अप इक्सा मादेन , मिस पुर्वान्चल २०१७फर्स्ट रनर अप सिम्रन श्रेष्ठ र मिस पुर्वान्चल २०१८ फर्स्ट रनर अप अनिला क्षेत्री रहेका थिए । सहभागीहरुको योग्यता , पर्फर्मेन्स अनुसार मिस पुर्वान्चल २०१९ को अन्तिम प्रर्तिस्पर्धा को लागि छानिने र त्यस्तै बिराटनगर , इटहरी र दमकमा समेत बिहिबार देखि आइतबार सम्म कलेज एक्टिभेशन र अडिसन गरिने सील्भर इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले बताए ।त्यस्तै टाढा बाट आउनु छुटेका हरुको समेत आइतबार सम्म धरानमा अडिसन राखिएको श्रेष्ठले बताए ।
अडिसनबाट छानिएका १९ देखि २१ जना सम्मलाई एक महिने प्रशिक्षण दिएर फाइनलमा सहभागि गराइने आयोजकले जनाएको छ ।

प्रतियोगिहरुलाई व्यक्तित्व विकास, फेशन, ¥याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्क लगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ । कार्यक्रमको कोरीयोग्राफरको भूमिका प्रियारानी लामाले सम्हाल्ने छिन् ।प्रतियोगितालाई प्रदेश न १ तथा पुर्बी क्षेत्र ब्यापी र पर्यटन प्रवद्र्धनमा पनि सहयोग मिल्ने गरी विभिन्न प्याकेजका कार्यक्रमहरु समेत राखिएको छ ।

सहभागीहरुलाई रक्तदान, ट्राफिक सेचतना र सरसफाईका कार्यक्रम , सामाजिक उत्तरदायित्वका कार्यहरुमा यस वर्ष पनि निरन्तरता दिइनेछ ।ती कार्यक्रमहरु पूर्वका विभिन्न शहरहरुमा आयोजना गरिनेछ । बराह ग्रुपको प्रस्तुति ,सिजी ब्रुअरी को मुख्य प्रायोजन र ओम शान्ति कम्पनि लिमिटेड सिओल कोरियाको सह (प्रायोजनमा तथा सिल्भर इन्टर टेनमेन्टको आयोजनामा हुने नेपाल आईस मिस पुर्वान्चल २०१९ को अन्तिम प्रतिस्पर्धामा विजेताले मिस पूर्वाञ्चल २०१९ को उपाधिसँगै रु दुइ लाख नगद र अध्ययनका लागी छात्रवृत्ति दिईने आयोजकले जनाएको छ । मिस पुर्वान्चलको ग्रान्ड फिनाले आगामी पौष ५ गते शनिबार धरानमा भब्यरुपमा आयोजना गरिनेछ।

त्यस्तै फस्ट र सेकेण्ड रनर अफलाई क्रमशः एक लाख नगद र पचास हजार नगद पुरस्कार सँगै छात्रवृत्तिकोपनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, र मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन लगायतका विभिन्न विद्यामा समेत प्रतियोगीहरु पन्ध्र हजार नगद पुरस्कारको ब्यबस्था गरिएको छ ।
मिस पूर्वाञ्चलको उपाधि यस अघि २०१० मा झापाकी सविना सुब्बा, २०११ मा सुनसरीकी प्रतिभा श्रेष्ठ र २०१२ मा सुनसरीकी अस्मिता गुरुङले २०१३ मा सुनसरीकी नेहा बजाज,२०१४ मा मोरंगकि नेमिता आङबुहाङ २०१५ मा मोरंगकि प्रियङका श्रेष्ठ, २०१६ मा झापाकी कृतिका गिरी, २०१७ मा सुनसरीकी रुबी लिम्बु र २०१८ मा झापाकी पुजा श्रेष्ठले जितेकी थिए ।