समाचार

नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीहरुको सपथ ग्रहण आज

काठमाडौं । सत्तारुढ नेकपाले हिजो (बुधबार ) मन्त्रीमण्डल फेरबदल गर्दै केहि नयाँ मन्त्रीहरुलाई नियुक्त गरेको छ भने केहिको पदमुक्त गरेको छ । हिजो वसेको सचिवालय वैठकले विभिन्न मन्त्रिहरु फेरबदल गरेको हो  । पार्टिका दुई अध्यक्षको वठैकमा यस्तो सहमती जुरेको हो ।

साथै पार्टिको अध्यक्ष पुस्पकमल दाहाल लाई  र प्रधानमन्त्री ओलीलाई सरकारको जिम्मा दिईएको छ  । यो संगै प्रधानमन्त्री ओली नै पाँच वर्ष प्रधानमन्त्री बन्नेछन् । हिजो वैठकले नियुक्त गरेका नया मन्त्रीहरुको सपथग्रहण अज हुने भएको छ । नया मन्त्रीले आज पदा तथा गोपनियताको सफथ गर्ने भएको नेकपा श्रोतले बताएको छ ।

नव नियुक्त मन्त्री साथै केहि मन्त्री हटाईएकोमा कसैले सर्मथन गेका छन् भने कसैले सरकारको आलोचना पनि गरेका छन् । नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले आज राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान ११ बजे सपथ लिने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

मन्त्रीहरुले राष्ट्रपतिबाट र राज्यमन्त्रीहरुले प्रधानमन्त्रीबाट शपथ लिने छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मंसीर राति ६ मन्त्री र ३ राज्यमन्त्रीलाई हटाएर नयाँ नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीमा रामेश्वर राय यादव श्रम रोजगार तथा सामाजिक सुरक्षा, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन, लेखराज भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, घनश्याम भुसाल कृषि तथा पशुपन्छी विकास र पार्वत गुरुङ महिला बालबालिका तथा ज्येष्ठ नागरिक, बसन्तकुमार नेम्वाङ भैतिक पूर्वाधार तथा यातायात, रहेका छन् ।

त्यस्तै मोतिलाल दुगड उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री, नवराज रावत स्वास्थ्य तथा जनशंख्या राज्यमन्त्री र रामवीर मानन्धर शहरी विकास राज्यमन्त्री नियुक्त भएका छन् ।