समाचार

एकलौटी ढंगले होईन, सबैलाई समेटेर अगाडी बढेमात्र मुलुकको समग्र विकास सम्भबः डा राणा

लम्की । सांसद डा आरजु राणा देउवाले नेपालमा सबैलाई समेटेर नलगेका कारण विकास नभएको बताएकी छन् ।

बुधबार कैलालीको टीकापुरमा कार्यकर्ता भेटघाट कार्यक्रममा डा देउवाले नेपालमा सबैलाई नसमेटेकै कारण द्वन्द्व बढेको बताईन् । “यही कारणले द्वन्द्व बढेको हो । जहाँ शान्ति हुन्छ, विकास पनि त्यही हुन्छ”, राणाले भनिन्, “अब यहाँको विकास र शान्तिका लागि यहाँका नेता तथा अग्रजले शान्ति स्थापनाका लागि पहल गर्न जरुरी छ ।” उनले एकलौटी ढंगले अगाडी बढे मुलुकको बिकास सम्भब हुने भन्दा सबैलाई समेटेर अगाडी बढेमात्र सम्भब रहेको बताईन् ।

क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका नेता डाक्टर रणबहादुर रावल, महासमिति सदस्य फकिरसिंह कडायत लगायतले बोलेका थिए।