राजनीति

घरदैलो कार्यक्रममा गगन भन्छन्ः दुईतिहाई मतको नेकपा उपनिर्बाचनबाट समाप्त हुन्छ

मध्यपुरथिमि । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले संविधानले दिएको जनताको अधिकारलाई सरकारले संरक्षण गर्नुपर्ने बताएका छन् ।

यही मङ्सिर १४ गते चाँगुनारायणमा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनमा काँग्रेसको उम्मेदवार कृष्णलाल भँडेललाई मत माग्न आज वागेश्वरीमा काँग्रेसले आयोजना गरेको घरदैलो कार्यक्रममा थापाले उपनिर्वाचनले दुई तिहाइ सरकारको कामको मूल्याङ्कन गर्ने बताए । उनले नेकपाले यस्तै गर्दै जाने हो भने नेकपा दुईतिहाई मत उपनिर्बाचनमा नै समाप्त शुरु हुने बताएका छन् । 

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सरकारले जनतालाई शान्तिसुरक्षाको प्रत्याभूति दिन नसकेको आरोप लगाए । नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताले काँग्रेसले पैसा बाँडेको अफवाह फैलाउने गरेको आरोप लागाए ।

घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु डिला सङ्ग्रौला, कमला पन्त, काभ्रे काँग्रेसका सभापति मधु आचार्यलगायत भक्तपुर जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु, क्रियाशील सदस्यहरु, शुभेच्छुकहरु, स्थानीयवासीको उपस्थिति रहेको थियो ।