राजनीति

झुक्याउने, ठग्ने नेकपालाई हैन कांग्रेसलाई मतदिन आग्रह गर्दै डा कोईराला पुगे सुकुम्बासी बस्तीमा

धरान । धरान नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोईराला तिलक राईका लागि भोट माग्दै सुकुम्बासी बस्तीमा पुगेका छन । मंसिर १४ गते सम्म निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन धरानबासीको घर घरमा पुगि रहेका नेपाली कांग्रेसका मेयरका प्रत्यासी तिलक राई संग मङलवार धरान १६ को गैरी बस्ती, नौलो बस्ती जस्ता सुकुम्बासीबस्ति मातिलकलाई जिताउन आग्रहगर्दै कोइराला पुगेका थिए ।

धरानको बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानको उपकुलपति रहेर काम गरेर कोइरलाले नेकपा जस्तो झुक्याउने, ठग्ने पार्टीलाई हैन कांग्रेसलाई मतदिएर बिजयी गराउन आग्रह गरे । चुनाव नजिकिँदै जादा पैसाको भरमा निर्वाचन बिथोल्न र आचार संहीता बिरुद्ध कामगर्न सक्ने भन्दै कांग्रेसका नेतालाई सचेत हुनआग्रह समेत कोइरलाले गरेकाथिए । कांग्रेस सुकुम्बासीहरुलाई सम्पन्न भएको देख्न चाहने पार्टी भएकाले बिपिले भने जस्तै सम्पुर्ण नेपालीलाई आफु जस्तै बनाउने चाहान धरानमा तिलकले पूरा गर्ने उनले बताए । उनले धरानमा कांग्रेसको जितनिश्चित रहेको छ तर नेकपाले पत्रपत्रिकाका माध्यबाट आचारसंहिता उल्लंधनगरि रहेको छ। निर्वाचन आयोग सरकारको अंग हैन संबैधानिकअंग रहेको हेक्का राख्नआयुक्तलाई आग्रह गरे। उनले धराने जनतालाइ फेरि झुक्याएर मत माग्न नेकपा नेताहरु संक्रिय रहेकाले यसपटक कुनै जालझेलमा नपरी कांग्रेसलाई मतनदिन आग्रह गरे । कांग्रेसले धरानमा जितेर देशकै नमुना उपमहानगरपालिको रुप दिने उनले बताए ।

त्यस्तै मेयरका उम्मे्दवार तिलक राईले कांग्रेस आश्वासन बाढ्ने पार्टी नभएकाले सुकुम्बासीलाई सुरक्षित बसोबास गर्न कामगर्ने बताए । नेकपाले सत्ताको दुरुपयोग गरेको उनले आरोप समेत गरेको बताए । पैसाको भरमा नेकपाले गलतप्रचार गरिरहेको उनले बताए । जनताको जनमत लिने निर्वाचन प्रणाली भएकाले यसलाई दुरुपयोग नगर नेकपालाइ आग्रह गरे ।