राजनीति

प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी

काठमाडौं । नेकपा सचिवालय बैठकले पाँच वर्षका लागि पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको छ । बैठकले पाँच वर्षका लागि केपी शर्मा ओली नै प्रधानमन्त्री हुने र प्रचण्ड’लाई कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको छ ।

प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।