राजनीति

मन्त्रिपरिषद् पुनर्गठनवाट यी मन्त्रीहरु हट्दै

४ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम छलफलका लागि नेकपाका सचिवालयको बैठक बालुवाटारमा बस्दै छ । बैठक १२ बजेदेखि सुरु भएको छ ।

बुधबारै मन्त्रिपरिषद् पुनर्गठन गर्नको लागि प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्डले राष्ट्रपतिसँग भेटघाट गरिसकेका छन् । मन्त्रिपरिषद् पुनर्गठनको परामर्शका लागि आज बिहान ओली र प्रचण्डले भेटघाट गरेका हुन् । राष्ट्रपतिलाई भेट्नु अगाडी नै ओली र प्रचण्डल प्रधानमन्त्री निवासमा छलफल गरिसकेका थिए ।

उद्योग वाणिज्य मन्त्री मात्रिका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा र खेलकुदमन्त्री जगत विश्वकर्मालाई बिदाइ दिने तयारी छ । भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, श्रममन्त्री गोकर्ण विष्ट, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, खानेपानीमन्त्री विना मगर, भूमिसुधारमन्त्री पदमा अर्याललाई पनि हटाउन छलफल भएको छ । ।