आर्थिक

अष्ट्रेलियाका मुख्य शहरहरुमा व्यपार, पर्यटन, लागनी सम्बन्धी रोड शो हुनुपर्छः अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपालका लागि अष्ट्रेलियका राजदूत पिटर ग्रेमी वड ले नेपालमा सम्पन्न लगानी सम्मेलन पश्च्यात लगानी प्रबद्र्धन गर्न उत्साह थपिएको बताएका छन् ।

साथै उनले साना लगानीकर्ताहरुलाई समेत सहज वातावरण हुने कानूनी प्रावधान भएमा नेपलमा अष्ट्रेलियाको कृषि, जलश्रोत, पर्यटन आदि क्षेत्रमा उल्लेख्य लगानी आउने संभावना रहेको बताएका छन् ।

राजदूत वडले नेपाल चेम्बर अफ कमर्सको जमलस्थित कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा आफ्नो कार्यकालमा सकेसम्म नेपाल अष्ट्रेलिया बीच सिधा हवाई सेवा शुरु गर्न आफूले पहल गर्ने बताएका हुन् ।

यसको लागि व्यवशायीक निर्णय हुनुपर्नै र हवाई सम्झौता भैसकेको परिप्रेक्षमा सो प्रक्रिया आवहन गर्न कठीन नहुने उनले बताए । उनले अष्ट्रेलियाले नेपालको सामुदायिक वनमा गरेको सहयोग अनय मुलुकको लागि पनि अनुकरणीय भएको बताउँदै नेपालमा लगानी तथा व्यापारको लागि कानूनी र असल व्यवशाय मैत्री वातावरण भएमा अष्ट्रेलियाको लगानी उल्लेख्य रुपमा आउन सक्ने बताएका छन् ।

सो अवसरमा राजदूत वडको चेम्बरमा स्वागत गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले लगानी सम्मेलन पछि र एकद्धार प्रणाली लागू भए पछि लगानीको संभावना बढेको बताउएका थिए ।

एनले अष्ट्रेलियाको मुख्य शहरहरु ब्रिसवेन, मेलवर्न, सिड्नी, क्यानेवरा, पर्थ लगायतका आकर्षक र नियमित पर्यटन, व्यापार, लगानी प्रबद्र्धन गर्न रोड शो गर्नुपर्ने, व्यापार ÷मेला प्रदर्शनीमा सहभागिताको अवसर प्राप्त हुनुपर्ने बताए ।

नेपालले अल्प विकसित मुलुकमै अष्ट्रेलियाले प्रदान गरेको करमुक्त प्रवेशको सुविधाको अधिकतम प्रयोग गर्न नसकिरहेको कटु यथार्थ प्रस्तुत गर्दै नेपाली समुदाय पनि अष्ट्रेलियामा ठूलो संख्यामा रहेको हुँदा तिनीहरुलार्य समेतत लक्षित गरी निकासी प्रबद्र्धन र आयत व्यवस्थापन हुनुपर्ने जोड दिएका थिए ।