पर्यटन/संस्कृति

हिमालय एअरलाइन्स् दक्षिण पश्चिम चीनसंग जुड्दैः काठमाडौंबाट गुइयाङ् उडान

काठमाडौं । हिमालय एयरलाइन्स्, नेपाल–चीन संयुक्त अन्तर्राष्ट्रिय वायुसेवा उद्यम, काठमाडौं र गुइयाङ (गुईझाउ प्रान्तको राजधानी शहर) जोड्ने नयाँ सेवा सुरु गरेको छ ।

नेपाल भ्रमण बर्ष २०२० को संघारमा एयरलाइन्स्ले नयाँ बजार पहिचान गरेसँगै यसले त्यस प्रान्तबाट नेपाल भ्रमणमा आउने सम्भावित पर्यटकलाई प्रवद्र्धन र ध्यानाकर्षण गराउने उद्देश्य राखेको विज्ञप्ति मार्फत जनाएको छ । प्रत्येक बर्ष धेरैभन्दा धेरै पर्यटकलाई आकर्षण गर्ने सहर गुइयाङ चीनको प्रमुख पर्यटकीय शहर हो ।

हिमालय एअरलाइन्स् प्रत्येक मंगलबार काठमाडौंबाट गुइयाङका लागि उडान भर्ने र सोहि दिन फर्केने जनाईएको छ । हिमालय एअरलाइन्स् यी दुई शहरबीच सिधा उडान गर्ने एकमात्र एअरलाइन्स् हो ।

नयाँ सेवा विस्तारसँगै नेपालीहरुले चीनमा नयाँ गन्तव्यस्थलका निम्ति सरल, मितव्ययी र सिधा सञ्जालको सुविधा पाउन सक्नेछन् । उद्घाटन उडान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मङ्सिर ३ गते स्थानीय समय १० बजेर २५ मिनेटमा  मा गुइयाङ्का लागि आफ्नो पहिलो उडान भरेको छ र चीनको गुइयाङ् लोङडोङबाओ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय ३ वजेर ५८ मिनेटमा मा अवतरण गरेको छ ।

आवागमन उडान गुइयाङ्को लोङडोङबाओ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय ६ वजेर ८ मिनेटमा मा फर्किएको छ र सोही दिन काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय ७ बजेर ३६ मा अवतरण गरेको थियो ।

‘चीन हाम्रो प्रमुख लक्षित बजार मध्य एक हो । गुइयाङसम्म हाम्रो सञ्जाल विस्तार गर्न पाएकोमा हामी एकदमै प्रशन्न छौं । यो नयाँ थपिएको रुट नेपाल भ्रमण बर्ष २०२० का लागि हाम्रो प्रतिबद्धताकै एउटा कदम हो जसले धेरैभन्दा धेरै चिनियाँ पर्यटकलाई आकर्षित गर्नेछ ।

हामीले नियमितरुपमा सम्भावित रुटहरुको अध्ययन गरिरहेका छौं र काठमाडौंबाट गुइयाङ उडान भर्ने यात्रुहरुको लागि यो उत्कृष्ट रोजाईको गन्तव्यस्थल हुनेछ । चिनियाँ बजारमा राम्रो पहुँचका लागि हामी नयाँ दुईवटा गन्तव्यस्थलस् चाङ्सा र नान्चाङ्मा पुग्ने योजना बनाइरहेका छौं ।

गुइयाङको यो नयाँ उडानले व्यावसायिक र पर्यटकीय चिनियाँ यात्रुहरुका छनौट र सुविधाहरु उपलब्ध गराउँदै निर्वाध सञ्जालको विकल्पहरु उपलब्ध गराउनेछ । हिमालय एयरलाइन्स् चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउन र दुवै देशको आर्थिक पर्यटनलाई प्रवद्र्धन गर्न साधक बन्नेछ । यो नयाँ सेवा चीन भ्रमण गर्ने नेपालीहरुका लागि सबैभन्दा बढी रोजाईमा पर्ने गन्तव्यस्थल हुनेमा हामी विश्वस्त छौं ।’ प्रशासन उपाध्यक्ष विजय श्रेष्ठ बताउछन् ।

चीनले नेपाललाई नयाँ फुर्सदको समय बिताउने गन्तव्यको रुपमा स्थानमा गरेको छ जुन विगतका केही बर्षहरुमा नेपालमा चिनियाँ पर्यटकहरु वृद्धि हुनुको प्रमुख कारण हो । विगत केही बर्षदेखि नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या निरन्तर बढ्दै गएको छ ।

सन् २०१९ को अक्टोबरको तथ्यांक अनुसार कुल १३,४८९ चिनियाँ पर्यटक नेपाल भित्रिए सँगै चीन नेपाल भ्रमणमा आउने पर्यटकहरुको संख्यामा पहिलो स्थानमा छ । यो नेपाल भित्रिने पर्यटक संख्याको कुल १०.४५५ हो ।

सन् २०१९ (जनवरी देखि अक्टुबर सम्म)को बार्षिक तुलना गर्ने हो भने कुल १३४,२८१ चिनियाँ पर्यटक भित्रिए सँगै नेपाल भ्रमणमा आउने पर्यटकहरुको संख्यामा चीन दोस्रो स्थानमा भए साथै सन् २०१८ को यसै अवधिको तुलनामा ९.२५ ले वृद्धि भएको छ ।

गुईयाङ–काठमाडौं नयाँ सञ्जाल सँगै एउटा ठूलो तवरले नेपालको पर्यटन अर्थतन्त्रमा आफ्नो योगदान पु¥याउने विश्वास र आशा राखेको छ । विज्ञप्तिमा उललेख छ ।