सामाजिक सञ्जाल

साझाका प्रवक्ता आचार्यको प्रश्नः दुई–तिहाई बलियो सरकार हुँदा चोरहरू झन् बलियो भएका हुन त ?

काठमाडौं । साझा पार्टिका प्रवक्ता सुर्यराज आचार्यले दुई तिहाईको बलियो सरकारको पालामा चोर पनि बलियो भएको भन्दै  व्यंग्य गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटर माफर्त आचार्यले तेलको ट्याकर अपहरणको विषयतीर ईगित गर्दै यस्तो बताएका छन् ।

हिजो मात्रै अमलेखगंजबाट डिजल लिएर विराटनगर जादै गरको ट्याङकर सिरहाको लहानबाट अपहरणमा परेको थियो ।

कुनैबेला शोभराजले एयरपोर्टबाट बाट हात्ति छिराउन सक्ने भन्ने दावी गरेको देश भनेर नेपालको चार्चामा भएको भन्दै अब डिजेल ट्याङ्कर नै चोरी भएको देश भनेर चर्चा हुने होला भनेका छन् ।

उनको ट्वीटः शोभराजले एयरपोर्टबाट बाट हात्ति छिराउन सक्नेु भन्ने दावी गरेको देश भनेर नेपालको चार्चामा हुन्थ्यो । अब डिजेल ट्याङ्कर नै चोरी भएको देश भनेर चर्चा हुने होला। दुई(तिहाई बलियो सरकार भएको बेला चोरहरू झन् बलिया हुने हुन् कि के हो र ?