समाचार

सत्तारुढ नेकपाको सचिवालय वैठक आज वस्दै

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज वस्ने भएको छ ।

मन्त्रीमण्डल हेरफेर अन्यालता छाइरहंदा मध्यान्ह १२ बजे बैठक बोलाईएको हो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज छलफल गर्दैछन् ।

दुई अध्यक्षको भेटघाटपछि १२ बजेका लागि सचिवालय बैठक बोलाइएको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामसरण बजगाईँले जानकारी दिएका छन् । बुधबार नै मन्त्रिमण्डल हेरफेरको तयारी भएको छ ।

हटाउने र थप्ने मन्त्रीको नाम अन्तिम टुंगो सचिवालय बैठकले गर्ने स्रोतले जानकारी दिएको छ ।