राजनीति

मन्त्रीपरिषद गठनमा प्रधानमन्त्रीको अलमलले मन्त्रालयको काम प्रभावितः नेता थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले मन्त्री परिषद गर्ने विषयमा छिटो निर्णय लिनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटमार्फत नेता थापाले मन्त्रीपरिषदको विषय सरकारको निजी विषय भएपनि महिनौ दिनदेखीको चर्चाले मन्त्रलयको काममा असर पर्ने भन्दै तत्काल निर्णय गर्न आग्रह गरेका हुन् ।

उनले जे गर्ने हो छिटो निर्णय गर्न आग्रह गर्दै नगर्ने भए काम गर्न दिनुहोस् तर अलमलमा नराख्नुहोस भनेका छन् ।

उनको ट्वीटः ज्यू मन्त्रिमण्डल पुनर्गठन तपाईँको निजी विषय हो । तर मन्त्रीमण्डल चलाउने महिनौंदेखिको हल्लाले ति मन्त्रालयको कार्यसम्पादनमा कस्तो असर परेको होलारुयो जनचासोको विषय हो । त्यसैले,प्रमज्यू जे गर्ने हो छिटो निर्णय गर्नुहोस् नगर्ने भए काम गर्न दिनुहोस् तर अलमलमा नराख्नुहोस।