राजनीति

मन्त्रिपरिषद् पुनर्गठन गर्दैछु, भोलि कार्यक्रममा नजानुस् : ओली

३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मन्त्रिपरिषद्को बैठक राखेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा रहेको मन्त्रीहरुलाई जानकारी गराएका छन् ।

प्रधानमन्त्रीले भने ‘भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्छु होला । कोही दोहोरिनु होला, कोही बाहिरिनु होला’, , ‘कसैले पनि अन्यथा नलिनुहोला ।’ ओलीले भोलि सार्वजनिक कार्यक्रममा नजान समेत आग्रह गरेको एक मन्त्रीले जानकारी दिए ।