सनत कुमार थापा कविता
हैन हाम्रो देशमा आफ्नाले जो जे जे गरे पनि देख्ने सधै राम्रो।
अनि अर्काले जे जस्तो राम्रो गरेको भए पनि देख्ने सधै नराम्रो।।
यो पुरातन सोचमा नहुने भो कहिले हाम्रो देशमा परिवर्तन ।
आन्दोलन क्रान्ति जे भए पनि देशमा खासै आएन परिवर्तन ।।
चुनावमा चन्दा दिने जति हुने भए सधै ईमान्दार र आफ्नो।
आर्थिक चन्दा नदिने र चाकरी नगर्ने जति असक्षम र नराम्रो।।
को सदाचारी को भ्रष्टाचारी सबैमा छ है यस्को राम्रो जानकारी ।
सदाचारी बाट केहि आउदैन, भ्रष्टाचारी नै हुॅदो रहेछ हितकारी।।
लौ फसाद सदाचारीलाई लिई बढौँ घर ब्यबहार कसरी चलाउने।
बिचराको बाध्यता छ माफ गर्नुस ईमान्दारीबाट उस्ले के पाउने ।।
ऐन कानुन त सोझा साझालाई देखाउने मात्र हो पालना गर्नु नपर्ने।
तोकिएका पारिश्रमिक बुझ्नेले गरेको यत्रो प्रगती कस्ले हो छुट्टाउने।।
तोकेको पारिश्रमिक बाट यो महंगीमा कसरी घर ब्यबहार चलाउने।
टन्न कमाएर लगि दिएमा मात्र परिवार पनि सधै खुशी भई रमाउने ।।
अनैतिक, भ्रष्टाचारमा लिप्तहरू हेर जुन सुकै ब्यबस्थामा फुर्ती देखाउने।
ईमान्दार, स्वाभिमान हेर खुसामद गरि कहिले आफ्नो शिर नझुकाउने।।
ईमान्दारी काम गर्नेले प्रचलित ऐन कानुन को अक्षरस पालन गर्ने ।
ऐन कानुनको पालना गरि काम गर्नेले सधै सादा जिवन विताउने।।
जो कसैलाई पनि धन सम्पत्तिको लालसा बढेको छ चाहिदो थुपार्ने।
उसलाई भन्ना साथ मान्ने चाहिएको छ नत्र चाहिदो कसरी कमाउने।।