आर्थिक

नेपाल टेलिकमको फोरजी सिम वितरण अभियानको पहिलो चरण मंसिर ४ गते पोखरामा

३ मंसिर, काठमाडौ । नेपाल टेलिकमले फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने अभियानको पहिलो चरण मंसिर ४ गते पोखराको अमरसिंह मैदानमा हुने भएको छ । उक्त अभियान गत कार्तिक २० गते विर्तामोडबाट प्रारम्भ भएको थियो । टेलिकमले सातै प्रदेशका विभिन्न शहरहरुमा फोरजी सेवाको प्रबद्र्धन गरिरहेको छ ।

हालसम्म यस अभियान अन्तर्गत अपार जनसहभागिताका साथ माग बमोजिम फोरजी सिम वितरण गरिनुका साथै टुजी÷थ्रीजीबाट फोरजीमा स्तरोन्नति समेत गरिएको छ । कम्पनीले पूर्वको विर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरहरुमा सहुलियतमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरेको हो ।

यस कार्यक्रम अन्तर्गत गत कार्तिक २० गते विर्तामोड, २२ गते वीरगन्ज, २४ गते भरतपुर, २६ गते नेपालगन्ज, २८ गते सुर्खेत र ३० गते महेन्द्रनगरमा सिम वितरण साथै फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रबद्र्धन कार्य टेलिकमले सम्पन्न गरिसकेको छ । पहिले टुजी वा थ्रीजी सिम भएका कम्पनीका ग्राहकहरुलाई फोरजी सेवामा स्तरोन्नती गर्दा २ सय एमबी डाटा बोनससहित फोरजी सिम निशुल्क उपलब्ध गराईएको छ ।