आर्थिक

उपचारका लागि पाकिस्तानका पूर्व प्रधानमन्त्री सरिफ लण्डन प्रस्थान

एजेन्सी, ३ मङ्सिर । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ मङ्गलबार बेलायत प्रस्थान गरेका छन् । एयर एम्बुलेन्समार्फत पाकिस्तानबाट सरिफ बेलायतको राजधानी लण्डनतर्फ प्रस्थान गरेका हुन् । भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिहरेका सरिफ जेलमै सिकिस्त विरामी भएपछि उसलाई पाकिस्तानकै एक अस्पतालमा उपचार गराइएको थियो । त्यसपछि उसलाई आफ्नै निवासमा अति सघन कक्ष (आइसियु) को व्यवस्था उपचार भइरहेको थियो ।

तर स्वदेशमा गरिएको उपचारबाट सन्तोषजनक सुधार नभएपछि उहाँलाई मङ्गलबार थप उपचारका लागि लण्डन लगिएको हो । जेल सजाय भोगिरहेका सरिफलाई जेल बाहिर निकालेर उपचार गर्न अदालतले आदेश दिएको थियो भने विदेश गएर उपचार गर्न सरकारले अनुमती दिएको थियो ।

तीन पटकसम्म देशको प्रधानमन्त्री हुनुभएका ६९ वर्षीय सरिफलाई रगतमा समस्या भएको चिकित्सकहरुले बताएका छन् । उसका चिकित्सकहरुका अनुसार सरिफले “जीवनसँग संघर्ष” गरिरहेका छन् ।