पु.समाचार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा समवेदना व्यक्त

३ मङ्सिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार युएइका राष्ट्रपतिलाई समवेदना प्रकट गर्नु भएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपतिका भाई सुल्तान बिन जायेद विन अल नाहयाको मृत्युप्रति समवेदाना प्रकट गर्नु भएको हो ।

युएइको राजनीतिक परिवारका सदस्य अल नाहयाको सोमबार निधन भएको थियो । “ उहाँ र उहाँको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,” प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ ।

उहाँले परिवारजनमा परेको यस दुःखद् घडीमा धैर्य धारण गर्ने शक्ति भगवानले दिउन भनी प्रार्थना गरेको पनि उल्लेख गरिएको छ ।