पु.समाचार

साढे दुई वर्षीया बालिका बलात्कार आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा साढे दुई वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पर्नेमा सुनवल नगरपालिका–६ विसासयका ६५ वर्र्षीय कुमबहादुर गुरुङ ६५ वर्र्षीय पक्राउ परेका छन् ।
घरमा कोही नभएको अवस्थामा खेल्दै बालिका गुरुङको घरमा पुगेको बेला गुरुङले बालिकालाई आइतबार साँझ बलात्कार गरेको उनको आफन्तले बताएका छन् ।

बालिकाको पृथ्वीचन्द अस्पतालमा मेडिकल परीक्षण गरिएको छ । पक्राउ परेका गुरुङविरुद्ध आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।