राजनीति

कम्युनिष्ट नेताको जनबिरोधी शैली बिरुद्ध एकजुट हुन गगनको जनतालाई आह्वान

धरान । नेपाली कांग्रेसको प्रभावशाली युवा नेता गंगन थापाले धरान उपमहानगरको मेयर पदमा नेपाली कांग्रेसका भष्ट्रचारी बिरोधि युवा नेता तिलक राईलाई आफ्नो अमूल््य मत दिएर बिजयी गराउन धराने जनता संग आग्रह गरेका छन ।

सोमवार साँझ भिडियो सन्देश जारी गर्दै नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्य तथा प्रखर वक्ता समेत रहेका थापाले नेकपा सरकारले देशलाई भाडभैलो एवं तहसनहस बनाएको बिरुद् कारवाही स्वरुप कांग्रेसलाई भोट दिन आव्हान समेत गरे।

थापाले करिब २ मिनेटको भिडियो संन्देश मार्फत देशभर नेकपा सरकार अलोप्रिय रहेको पुष्टि धरानको चुनावबाट थाहा हुन्छ भन्दै धरानमा कांग्रेस प्रतिको जनहलर बढि रहेको थाहा पाएको बताएका छन् ।

आफुलाई सर्बहाराको नेता ठान्ने नेकपाका नेताहरुको शैलीको बिरुद्ध पनि धराने जनताले कांग्रेसलाई बिजयी गराउनु पर्छ । नेपाली कांग्रेसका नेताको भरोसाका केन्द्र रहेका गगन थापा नेपाली कांग्रेसले आगमी मसिर १० गते धरानमा आयोजना हुने चुनाबी सभामा प्रमुख बक्ताको रुपमा धरान आउने नेपाली कंग्रेस धरानले जानकारी दिईएको छ ।