पत्रपत्रिका

निर्मला बलात्कार–हत्या प्रकरणः दोषको दुनो दिलीपतिरै

काठमाडौं । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले प्राविधिक टोलीले डीएनएलाई प्रमाण मान्न नसकिने ठहर गरेपछि अनुसन्धानमा सहज भएको बताएका छन् । दिलीपसिंह विष्टविरुद्ध निर्मलाकी आमा दुर्गादेवीले दिएको किटानी जाहेरीबारे बुझ्न गएको टोलीसँग प्रजिअ वैद्यले दिलीपविरुद्ध दर्ता गरेको किटानी जाहेरी र प्राविधिक टोलीको प्रतिवेदनलगायतले अनुसन्धानमा सघाएको बताएका हुन् ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा दिलीपविरुद्ध दुर्गादेवीले दिएको किटानी जाहेरीका सम्बन्धमा सोमबार स्थानीइ प्रशासनको ध्यानार्कषण गराइएको छ । अनुसन्धानको दायरा साँघुरिँदै गाएको प्रजिअ वैद्यको भनाइ छ । दिलीपविरुद्ध परेको किटानीलाई प्रशासनले गम्भीरताका साथ लिएको उनले दाबी गरे । यो समाचार आजको नेपाल समाचारपत्रमा मनोज भट्टले लेखेका छन् ।