समाचार

जाडो महिनासंगै तराईका जिल्लाहरुमा छाउँदै कुहिरोः जनजिवन कस्टकर बन्दै

काठमाडौं । मंसिर महिना सुरु भएसंगै मुलुकभर चिसो महशुस भएको छ, काठमाडौंमा दैनिक जसो अत्यधिक चिसो बढ्दै गएको छ ।

दिउसोमा घाम लाग्ने गरेपनि बिहानको समयमा चिसोको महशुस गर्न सकिन्छ । चिसो वढेसंगै स्कुल, कलेज, जागिरमा जानेहरुलाई समस्या हुने गरेको छ । यस्तै चिसो मौसम हिँउद महिना सुरु भएसंगै तराईका जिल्लामा विस्तारै कुहिरो (हुस्सु) लाग्ने क्रम सुरु भएको छ ।

बिहानभर को समयमा प्राय कुहिरोले ढाक्ने तराईका जिल्लाहरुमा जाडो महिना लाग्दा त्यहाँका वासिन्दाको निकै जिवन कस्टकर जिवन बन्दैछ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार आज (मंगलबार) बिहान तराई क्षेत्रमा कुहिरो लागेको हो ।

‘तराईमा कुहिरो देखिन थालेको छ,’ उनले भने, ‘विशेषगरी पश्चिम र मध्य तराईमा आज बिहान हुस्सु देखिएको छ, भिजिबिलिटी कम भएको छ, हवाई यात्रामा केही समस्या पर्न सक्छ ।’तर यो बिहान एक–दुई घण्टा लागेर हट्ने उनको अनुमान छ । साथै आजभोली बिहानमा मात्रै कुहिरो लाग्ने र दिउँसोमा हटेपनि विस्तारै बढेर जाँदा दिउँसै कुहिरोले पुरै गाउँनै ढाक्ने गर्दछ ।

जस्का कारण सामान्य जनजिवन देखी लिएर हवाई जहाजलाई उडान अबतरणमा पनि निकै समस्या पर्ने गर्दछ । सामान्यतया अंग्रेजी महिना डिसेम्बरदेखि ‘विन्टर’ जाडो अर्थात् हिउँद याम सुरु हुने मौसमविद् अर्यालले बताए । ‘आज नोभेम्बर १९ भयो, डिसेम्बर आउन लाग्यो त्यसैले कुहिरो लाग्ने क्रम सुरु भएको हो,’ उनले भने । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्यसम्म बदली भएको छ।

पूर्वी पहाडी क्षेत्रका एकरदुई स्थानमा वर्षा हुने सम्भावनासमेत रहेको मौसमविद् अर्यालले बताए । अरब सागरबाट उच्च वायुमण्डलमा आइरहेको सेतो बादलले नेपालमा मौसम बदली गराएको उनले जानकारी दिए । ‘यसले खासै पानी पार्ने काम गर्दैन,’ उनले भने, ‘मौसम बदली मात्र गराउने हो।’