खेलकुद

एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा प्रतिस्पर्धा गरेको क्रिकेट टिम स्वदेश फर्कने

काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा प्रतिस्पर्धा गरेको नेपाली राष्ट्रिय क्रिकेट टिम आज (मंगलबार) स्वदेश फर्कने भएका छन् ।

प्रतियोगिताको समूह चरणबाट बाहिरिएको नेपाली टिम मंगलबार आज बिहान नेपाल आईपुग्ने कार्यक्रम रहेको छ । नेपाली टिमका टिम म्यानेजर रमण सिवाकोटीले टिम बिहान ११.४५ मा नेपाल आईपुग्ने जनाएका छन् ।

प्रतियोगिताको समूह बी मा रहेको नेपालले समूह चरणमा एक खेल मात्र जितेको थियो । ३ खेलमा २ अंक जोडेको नेपाल समूह चरणमा तेस्रो स्थानमा रहेको थियो ।

नेपालले समूह चरणमा हङकङलाई ४० रनले हराएको थियो । तर, बंगलादेशको यू(२३ टिमसँग ८ र भारतको यू(२३ टिमसँग ७ विकेटले पराजित भएको थियो । नेपालको समूहबाट बंगलादेश विजेता र भारत उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।