आर्थिक

शवम् सिमेन्टसद्वारा सर्वोत्कृष्ट ३७ जना डिलरहरुलाई सम्मान

काठमाडौं । शवम् सिमेन्टस लि को “शिवम् कृति समारोह २०७६” सम्पन्न भएको छ । Quality को मामला मा No Compromise भन्ने सिद्धान्त लिएको शिवम् सिमेन्टसले Celebrationको मामलामा No Compromise भन्दै यहि कार्तिक २९ र ३० गते काठमाडौं को हायात होटलमा भव्य कार्यक्रमको आयोजना गरेको थियो ।

दुई दिनसम्म चलेको उक्त समारोहमा शिवम् सिमेन्टस प्रा.लि ले आफ्नो उत्कृष्ट डिलरहरु मध्ये सर्वोत्कृष्ट ३७ जना डिलरहरुलाई विभिन्न विधामा अवार्डहरु बाट सम्मान गरेको थियो । जस अनुसार पहिलो दिन कोर इष्ट जोनका डिलरहरुलाई त्रिनेत्र, प्रगति, परमविर, सदावहार र सर्वोत्कृष्ट तीन जना विजेतालाई शिवम्रिजनल डाइमण्ड, गोल्ड र सिल्भर तथा दोश्रो दिन सेन्ट्रल वेस्ट जोनको डिलरहरुलाई रिजनल अवार्डहरुको साथ साथै नेसनल प्रगति, परमविर, सदावहार र सर्वोत्कृष्ट तीन जना विजेतालाई शिवम् नेशनल डाइमण्ड, गोल्ड तथा सिल्भर अवार्डहरु बाट सम्मानित गरिएको थियो ।

उक्त समारोहमा नेपालको चर्चित कलाकारहरुकोसाथ साथैभारतका ख्यातिप्राप्त कलाकार राजु श्रीवास्तवको बेजोड मनोरञ्जनात्मक प्रस्तुति रहेको थियो । उक्त कार्यक्रममा देशको हरेक भूभागबाट उपस्थित डिलरहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै शिवम्सिमेन्टस लि. का अध्यक्ष श्री सुरेन्द्र कुमार गोयल ज्यू ले आपसि, सदभाव, समझदारी र सहकार्यबाट नै आज शिवम् सिमेन्टसले सिमेन्र जगतमा उच्च स्थान पाउन सफल भएको प्रतिक्रिया दिनु भएको थियो ।

साथै आगामी दिनहरुमा यो सम्बन्धलाई अझै दिगो रुपमा प्रस्तुत गर्दै शिवम् सिमेन्टसलाई सदैव नं. १. सिमेन्टको रुपमा परिचित गराइराख्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । उपस्थित डिलरहरुले शिवम् सिमेन्टले आयोजना गरेको यस्तो कार्यक्रमहरुबाट व्यापार, व्यवसायमा लागेका सम्पुर्ण उद्योगी, व्यापारीहरुलाई थप हौसला प्रदान गर्ने धारणा राख्नुभएको थियो ।