समाचार

पूजा बोहोरा प्रकरण: बलात्कारीलाई साढे ११ वर्ष जेल सजाय

२ मंसिर, काठमाडौं । २०६८ चैत ९ गते बैतडीकी पूजा बोहोरालाई बलात्कार गर्ने सागर भट्ट र उनका साथी अमरराज अवस्थीलाई साढे ११ वर्ष जेल सजाय सुनाएको छ । सर्वोच्च अदालतले पुनरावेदनको फैसला उल्टाउँदै पीडित बोहोरालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ ।

न्यायाधीश सपना मल्ल र हरि फुयाँलको संयुक्त इजलासले तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्टाएसँगै सर्वोच्चले कसूरदार दुई जनाबाट जनही साढे २ लाख गरी ५ लाख र सरकारका तर्फबाट ५ लाख गरी पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने पनि आदेश दिएको हो ।