समाचार

प्रधानसेनापति र भारतीय सेनाका लेफ्टिनेन्ट जर्नलबीच शिष्टाचार भेटवार्ता

PRADHAN SENAPATI

काठमाडौं । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग मित्रराष्ट्र भारतीय सेनाका लेफ्टिनेन्ट जर्नल शान्तनु दयालले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानसेनापति थापाले लेफ्टिनेन्ट जर्नल दयालसहित एभीएसएम, भीएसएम, डाइरेक्टर जनरलसँग  जंगी अड्डमामा भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्ध अझ सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको स्रोतले बताएको छ ।