खेलकुद

बंगलादेशसँग नेपाल ८ विकेटले पराजित

काठमाडौं । इमर्जिङ टिम्स एसिया कपमा बंगलादेशसँग नेपाल घरेलु टोली ८ विकेटले पराजित भएको छ । नेपालले दिएको १३९ रनको लक्ष्य उसले मात्र २४ ओभरमा २ विकेट गुमाएर भेट्टायो । नेपालका करण केसी र सुशन भारीले समान १-१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाएर १३९ रन बनाएको थियो ।कप्तान ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे । मल्ल २२ रनमा आउट भए । त्यसपछि नेपालले लगातार विकेट गुमायो र ८५ रन जोड्दा ८ विकेट विकेट गइसकेको थियो ।