समाचार

विप्लव निकटका पत्रकार पक्राउ

arrest

काठमाडौँ । प्रहरीले चन्दा असुलेको आरोपमा विप्लव समूह निकटका एक पत्रकारलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका प्रह्लाद न्यौपाने रहेका छन् ।

महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी बालनर सिंह राणाका अनुसार प्रह्लाद चन्दा माग्दै गरेको अवस्थामा एक हप्ताअघि मुड्खुबाट रङ्गेहात पक्राउ परेका हुन् ।

‘मुड्खुको एक घरमा प्रह्लादले धम्क्याउँदै चन्दा मागिरहेका थिए । सोही क्रममा न्यौपाने र रामचन्द्र न्यौपाने समेतलाई नियन्त्रणमा लिइएको हो ।’ डीएसपी राणाले बताए । उनका अनुसार प्रल्हादमाथि थप अनुसन्धान भइरहेको छ ।

पक्राउ परेका रामचन्द्रलाई भने सामान्य सोधपुछपश्चात छाडिएको डीएसपी राणाले बताए । उनीहरु दाजुभाइ रहेको खुल्न आएको प्रहरीको भनाइ छ ।