आर्थिक

सुनचाँदीको मूल्य घट्यो !

gold rate in nepal

काठमाडौं । आज(सोमबार) नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई सय र चाँदी प्रतितोला पाँच रुपैयाँ घटेको हो ।

आइतबार छापावाल सुन प्रतितोला ७१ हजार आठ सय र तेजावी सुन प्रतितोला ७१ हजार पाँच सय रुपैयाँमा कारोबार भएकोमा सोमबार छापावाल सुन प्रतितोला दुई सय रुपैयाँ घटेर तोलाको ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यसैगरी, आइतबारको तुलनामा तेजावी सुन पनि प्रतितोला दुई सय रुपैयाँ घटेर तोलाको ७१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार प्रतितोला ८५५ रुपैयाँ रहेको चाँदी सोमबार प्रतितोला पाँच रुपैयाँ घटेर प्रतितोला ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ  ।