अन्य

हर व्यक्तिमा शनि ग्रहको डर किन रहने गर्दछ ?

shani grah

काठमाडौं । क्रुर ग्रहको रुपमा अर्थाइएको शनी ग्रहलाई साढेसाती तथा महादशाको नामले पनि चिनिन्छ । यस ग्रहको डर हर व्यक्तिमा रहने गरेको पाइन्छ । यद्द्पी ज्योतिष शास्त्रले नै शनि ग्रहलाई नराम्रो ग्रहको रुपमा भने मानेको छैन । बिनाकारण शनिले कसैलाई पनि समस्यामा पार्दैन । उसो त शनी ग्रहको प्रभावबाट बच्न कुनै ठूलो पूजापाठ नै लगाउनु पर्छ भन्ने पनि छैन । तर, यसका लागि भने आफुमा भएका केही आनीबानी तथा व्यवहारमा भने परिवर्तन गर्न आवश्यक छ । आनीबानी तथा व्यवहारमा परिवर्तन गर्न सकेको खण्डमा शनिको प्रभावबाट टाढा रहन सकिने  विश्वास छ ।

 शनि ग्रह साढेसाती तथा महादशा नै हो ?

ज्योतिषशास्त्रमा शनिलाई श्रम, न्याय, गरिब मजदुर वर्गका ग्रहको रुपमा मानिन्छ । त्यसैले यो ग्रहले सेवकको पद प्राप्त गरेको छ । यसैकारण शनिलाई आलस्य, अन्याय तथा गरिब मजदुर वर्गको शोषणविरुद्धको ग्रहका रुपमा लिइन्छ ।

शनिलाई श्रमको देवताको रुपमा पूजिन्छ । त्यसैले शनि ग्रहले आफ्नो प्रभावमा आउने मानवलाई अधिकतम श्रम गराउँने गर्दछ । गलत कामको सबै परिणाम दिनु शनि ग्रहको कार्य हो । शनि ग्रहले अल्छि र अन्याय गर्ने मानवलाई नराम्रो परिणाम दिने भएकाले यसलाई क्रुर ग्रहको रुपमा मानिएको हो ।

आनीबानीमा परिवर्तन आवश्यक छ ?

यदि तपाईं शनि ग्रहको साढेसाती वा महादशाबाट ग्रसित हुनुहुन्छ । र, पूजापाठ विधिबाट पनि छुट्कारा पाइराख्नु भएको छैन भने आफ्नो आनीबानीलाई परिवर्तन गर्न आवश्यक हुन्छ । तल उल्लेख गरिएका क्रियाहरू गर्नुभएमा पनि तपाइँ शनिदशाबाट मुक्त हुन् सक्नु हुनेछ:

१. हाम्रो शरीरको खुट्टा तथा पसिनामा आउने गन्धलाई शनिको वासना मानिन्छ । खुट्टा चलिरहेको होस्, यसको मतलब श्रम भइरहेको हो । शरीरबाट पसिना आइरहन्छ भने राति सुत्नु अगाडि सँधै नुहाउने बानी बसाल्नुहोस् ।

२.आफुले गर्ने काममा छल्ने प्रवृत्ति हटाउनुहोस् । जुनसुकै काम भएपनि त्यसलाई प्राथमिकताका सम्पन्न गर्ने बानी बसाल्नुहोस् । कामलाई कहिल्यै पनि बाँकी नराख्नुहोस् ।

३. आफुभन्दा मुनिका कर्मचारी तथा मजदुरसँग नराम्रो व्यवहार गर्न वा उनीहरुलाई प्रताडित गर्ने कार्य बन्द गर्नुहोस् । त्यसो गर्नुको सट्टा उनीहरुलाई सहयोग तथा सम्मान गर्नुहोस ।

४. गरीब दुःखीलाई सहयोग गर्नुहोस् । गरिब बालबालिकाको पढाईमा मद्दत गर्ने बानी बसाल्नुहोस् ।

५. कुनै पनि परिस्थितिसँग नडराउनुहोस् । जुनसुकै संकटको डटेर सामना गर्नुहोस् । यदि तपाईं कुनै पनि परिस्थितिबाट भाग्नु हुन्छ भने थप बढी समस्या पर्नेछ ।

६. आर्थिक कारोबार तथा लगानी गर्दा सावधानी अपनाउनु होला ।