समाचार

राजा ज्ञानेन्द्र छोरी प्रेरणा र बुहारी हिमानीसंग डिस्कोमा नाचेको तस्वीर एकाएक भाईरल

काठमाडौं । पुर्ब राजा ज्ञानेनद्र शाह काठमाण्डौको एक डिस्कोमा नाचेको तस्वीर र भिडिायो पछिललो समयमा भाईरल बनेको छ । राष्ट्रिय भ्क्रीको गीत जंगी निशान हाम्रोको गीतमा हशिलो अनुहार लगाएर बुहारी हिमानी शाह, छोरी प्ररणा शाह लगायतका राजपरिवारका सदस्यसँग मिनि यूरोपको नामले चिनिने ठमेरको एलओडी नाईट क्लवमा रमाईलो गर्नै गएका र्पुर्व राजा ज्ञानेनद्र शाह नाचेको तस्वीर भाईरल बनेको हो ।

०६२ ६३ सालको आन्दोलनपछि आएको गणतन्त्रपछि सामान्य नागरिक हुंदै गएका भनिएका ज्ञानेन्द्र शाहले नाईट क्लवमा नाच्नुलाई कसैले राजा जनतासँग घुलमिल हुन थालेको अभिब्यक्ती दिन थालेका छन् भने कसैले कसैले उच्च ओहदाको व्यक्ती नाईटक्लवमा जानु राम्रो नभएको प्रतिकृया दिएका छन् ।

ज्ञानेनद्र शाहका छोरा एवं पुर्व युवराज पारस शाह एक युट्युवर महिला सोनिका रोकायासँग होटलमा घुम्न गएको तस्वीर भाईरल भएको केहिदिन नबित्दै राजपरिवारको नाचगान र रमाईलो मोह पुनः बाहिरिएको छ । गणतन्त्रसहितको संबिधान बनेपनि संस्थागत रुपमा कार्यान्वयन नभईन राजतन्त्रको बहस नसकिएको समयमा गरिने राजपरिवारका यस्ता प्रकारका कृयाकलापलाई सर्बसाधारण जनताले कस्तो रुपमा लिन्छन् त्यो हेर्न भने बाँकी नै छ ।

राप्रपा अधयक्ष कमल थापा लगायतले राजपरिवारको उक्त कदमलाई सकारात्मक रुपमा लिएका छन् भने कतिपयले विरोध पनि गरेका छन् । पुर्व राजा शाहसँग हिरोईन केकी अधिकारी, रिमा विश्वकर्मा लगायत सर्बसाधारणले तस्वीर खिचाएका थिए भने उनले सर्बसाधारणलाई हात हल्लाएर धन्यबाद दिएका थिए ।