समाचार

महाकाली बेच्ने ओली सरकार फेरी पनी कालापानी डुबाउने छाँटमाः खगेन्द्र संग्रौला

काठमाडौं । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले महाकाली बेच्ने ओली सरकार नै अहिले कालापनी डुबाउने तरखरमा रहेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटमार्फत भातले नेपाली भुमि कालापानीलाई मिच्दै नयाँ नक्सा सार्वजनीक गरेको धेरै दिन भैसक्दा पनि सरकारले आज सम्म  लिखित विरोध र वार्ता केहि नगरेको भन्दै आपक्ति जनाएका छन् ।

उनले सीमाबाट सेना हटाऊ भनेर कुर्लिँदै ओली सरकार कूटनीतिको सट्टा बकबक नीतिमा गालेको बताएका छन् । उनले आफ्नो ट्वीटमा पहिले महाकाली कन्यादन गर्ने यिनै ओली सरकार भएको भन्दै अहिले कालापानी डुबाउने छाँटमा रहेकाले होसियार रहन आग्रह गरेका छन् ।

उनको ट्वीटः कालापानी मिच्या नक्सा निकाल्या यतिका दिन भो,यताकाले आजसम्म न लिखित विरोध जनाका छन् न वार्ता थाल्या छन् । सीमाबाट सेना हटाऊ भनेर कुर्लिँदै ओली सर कूटनीतिको सट्टा बकबक नीतिमा लागे । पहिले महाकाली कन्यादन दिने यिनै ओली सर हुन्, अहिले यिनैले कालापानी डुबाउने छाँट छ । होसियाार ।