समाचार

नेपालको भुमि कालापानीबाट भारतीय सेना तत्काल फिर्ता गर्नुपर्छः अध्यक्ष थापा

काठमाडौं । राप्रापाका अध्यक्ष कमल थापाले नेपालको भुमि कालापानीबाट भारतीय सेना फिर्ता गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष थापाले विगतमा जोसुकैको कमजोरी भएपनि गल्ती सच्याउनु वर्तमान पिंढीको कर्तब्य भएको बताएका हुन् ।

पंचायतसंग कालापानी साटेको अपुष्ट गफ र नक्सा फेर्ने प्राथमिकता होइन जस्ता हल्का कुरा गरेर ध्यान अन्त मोडने र अतिक्रमणलाई निरन्तरता दिने काम नर्गन सरकारलाई आग्रह गरेका छन् ।

उनको ट्वीटः नेपालको भुमी कालापानीबाट भारतीय सेना फिर्ता जानुपर्छ,पठाउनुपर्छ।विगतमा जोसुकैको कमजोरी भएपनि गल्ती सच्याउनु वर्तमान पिंढीको कर्तब्य हो । पंचायतसंग कालापानी साटेको अपुष्ट गफ र नक्सा फेर्ने प्राथमिकता होइन जस्ता हल्का कुरा गरेर ध्यान अन्त मोडने र अतिक्रमणलाई निरन्तरता दिने काम नहोस् ।