अन्तर्राष्ट्रिय

मोरक्कोमा ५.३ म्याग्नीच्युडको भूकम्प

एजेन्सी । उत्तर अफ्रिकी मुलुक मोरक्कोको मध्यक्षेत्रमा आइतबार ५।३ म्याग्नीच्युडको भूकम्प गएको छ । मोरक्कोको भौगर्भिक इन्स्टिच्यूटले प्रकाशन गरेको विज्ञप्तिमा उक्त भूकम्प मिडेल्ट प्रान्तमा गएको उल्लेख छ ।

भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब ४ किलोमिटर गहिराईमा थियो । भूकम्पको धक्का फेस र मेकनेसमा समेत अनुभव गरिएको थियो ।