गण्डकी प्रदेश

मत माग्दै रवीन्द्र मिश्र भन्छन्ः देश बनाउनको लागि साझा पार्टी उत्कृष्ट विकल्प

पोखरा । कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा साझा पार्टीले पनि आफ्नो पक्षमा जनमत पार्न चुनावी अभियानलाई तीव्रता दिएको छ । साझा पार्टीका उम्मेदवार रजनी केसीलाई भोट माग्न पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्र पनि मतदाता भेटघाट कार्यक्रममा व्यस्त भएका छन् ।

मतदाता भेट्न आईतबार उम्मेदवार केसीसहित पार्टी संयोजक मिश्र पोखराका विभिन्न टोलका मतदाता माझ पुगेका छन् । घरदैलो पश्चातको कोणसभामा मिश्रले देशले विकल्पको खोजी गरिरहेको र साझा पार्टी नै उत्कृष्ट विकल्प भएको बताए । अन्य पार्टीसँग जनता निराश भएको भन्दै यसपालि जनताले साझा पार्टी रोज्ने उनको दाबी गरे ।

उम्मेदवार रजनी केसीले देश रुपान्तरणका लागि आफू राजनीतिमा आएको बताए । उनले वर्तमान राजनीतिक परिभाषालाई बदल्ने स्पष्ट पारे । साझा पार्टीले आइतबार पोखरा–२१ को कृष्ति र निर्मलपोखरीमा घरदैलो कार्यक्रम गरेको हो । सोमबार निर्वाचन क्षेत्रअन्तर्गत पर्ने पोखरा–१६ मा घरदैलो कार्यक्रम गरिने पार्टीका कास्की जिल्ला संयोजक अर्जुनप्रसाद खनालले जानकारी दिए ।