राजनीति

सोमबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्री ओलीको तयारी

काठमाडौं । पछिल्लो समय यता प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको विषयले गर्दा मन्त्रीहरु त्रसित भएका छन् । केहि हप्ता अगाडी बिरामी भएर उपचार गरेर फर्किए लगत्तै प्रधानमन्त्री ओली निकै तातिएको देखिन्छ प्रधानमन्त्री सचिवालयका सदस्यहरुलाई सामुहिकरुपमा राजीनामा दिन लगाएपछि केहि सदस्यहरुले राजीनामा दिएर पनि उक्त पदमा सिफारिस गरिसकेका छन् ।

पार्टीका अर्का अध्यक्ष प्रचण्डसँगको बारम्बार बार्ता गर्दै आएका ओलीले आइतबार साँझ बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको थियो । सम्भवत भोलि नै मन्त्रिपरिषद् पुनर्गठन हुनेछ । तर कुनकुन मन्त्रीलाई हटाउने र कसलाई जिम्मेवारी दिने भन्ने कुनै छलफल भएन । सचिवालयका एक सदस्य भन्छन्, ‘नामहरु टुंगो लागेको छैन । भोलि विहानसम्म तय होला ।’