आर्थिक

ज्योति विकास बैंक र जेएमई रेमिटबीच सम्झौता

काठमाडौ । ज्योति विकास बैंकले रेमिट सेवा अझ सहज र विस्तारित गर्ने क्रममा जेएमई रेमिटसगं रेमिट सेवाको लागि सम्झौता गरेको छ। आज(आइतबार) ज्योति विकास बैंक र जेएमई रेमिट बीच उक्त सहकार्य सम्झौता भएको हो।

सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा जेएमई रेमिटको तर्फबाट जेएमई रेमिटका प्रबन्धक मीरा शर्माले हस्ताक्षर गरेका हुन्।

जेएमई रेमिटले स्थापना कालदेखि नै जापानबाट गुणस्तरिय रेमिट सेवा प्रदान गर्दै आएको छ। यस सम्झौता पश्चात जेएमई रेमिटको रेमिट सेवा ज्योति विकास बैंकको जुनै पनि शाखा कार्यालयबाट लिन सकिने छ। ज्योति विकास बैंकको मुलुकभर रहेका १०२ वटा शाखाबाट जेएमई रेमिटको देश/विदेशबाट हुने रेमिट सेवा उपलब्ध हुनेछ।

हाल ज्योति विकास बैंकले १०२शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ।

साथै यस आर्थिक वर्ष भित्र नै अन्य थप२५ स्थानबाट समेत ATM  मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २ लाख ४० हजार भन्दा बढि खाताबाट रु. ३०अर्ब भन्दा बढि निक्षेप संकलन गरी २० हजार भन्दा बढि ऋणीलाई रु. २६ अर्व भन्दा बढि लगानी गर्न सफल भएको छ।