राजनीति

संविधान कार्यान्वयन गर्न केन्द्रित हुनुपर्ने समयमा सत्ता राजनीतिमा केन्द्रित भएकोले देश संकटमा

१ मंसिर, अमेरिका । अमेरिका भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधान कार्यान्वयन गर्न आनाकानी गरेकोले सघीयता कार्यान्वयनमा बाधा उत्पन्न भएको बताएका छन् ।

जनसम्पर्क समितिद्धारा टेक्सासमा आयोजित कार्यक्रममा बोल्दै नेता संहले संविधान कार्यान्वयन गर्न केन्द्रित हुनुपर्ने समयमा सत्ता राजनीतिमा केन्द्रित भएकोले देश संकटमा फस्दै गएको आरोप लगाए ।